बाँके: बाँकेको राप्तीसोनारीमा शनिबार राती मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । गएराति बाँकेको राप्ती सोनारी गाउँपालिका- ७ कचनापुर चोक नजिक भे १० प ३६१७ नम्बरको मोटरसाइकल रुखमा ठोकिएर कोहलपुर नगरपालिका वडा नम्बर ३ का २६ वर्षिय अनीलकुमार थारुको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी थारुको घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।