बारा । जितपुरसिमरा उपमहानगरपालिका–३ का वडा अध्यक्ष तारा कार्की घुस रकमसहित पक्राउ परेका छन् ।
आज सोमबार कार्कीले एक स्थानीय ब्यपारीबाट जितपुरको एक मिठाइ भण्डारमा पाँच लाख घुस रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा प्रमुख उमाकान्त आचार्यले जितपुरसिमरा उपमहानगरपालिका ३ का वडा अध्यक्ष घुस लिँदै गर्दा पक्राउ गरिएको बताए ।
कार्की एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।