काठमाडौं । रुसी सेनामा कार्यरत ७ जना नेपालीको मृत्यु भएको छ ।बुधबार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार रुस र युक्रेन युद्धमा परी ७ जनाको मृत्यु भएको हो ।
रुसी सेनामा कार्यरत कुन्दन सिंह नागल (राहदानी नं. ०९४७३६३२) को मृत्यु भएको उक्त मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।यसअघि रुसी सेनामा कार्यरत ६ जना नेपालीको ज्यान गइसकेको छ ।
रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन नेपालका लागि रुसको राजदूतमार्फत पुनःअनुरोध गरिएको पनि विज्ञप्तिमा जनाएको छ ।