बाँके: स्वर्गीय प्रहरी जवान विशाल ओलीको परिवारलाई बाँकेमा कार्यरत प्रहरीहरुले आर्थिक सहयोग गरेका छन् । मंसिर २८ गते राती कोहलपुर मदन चोकमा पिकअप भ्यानको ठक्करबाट ओलीको निधन भएको थियो ।
मदन चोक प्रहरी विटमा डिउटीमा खटिएका ओलिलाई पुर्व पश्चिमराजमार्ग सडक खण्डको मदन चोकमा सवारी साधनले ठक्कर दिई प्रहरी जवान ओलीको निधन भएको थियो ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुले दुई लाख सन्ताउन्न हजार नौ सय अठासी रुपैया रकम संकलन गरि स्वर्गीय ओलीको परिवारलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले बताए ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी डाँगी र इलाका प्रहरी कार्यालयका डिएसपी सुन्दर तिवारी स्वर्गीय ओलीको घर रुकुम पश्चिम मुसिकोट नगरपालिका–१३ छिवाङ् गई विहीबार आस्रित परिवारलाई उक्त सहयोग रकम बुझाएको हो ।