पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा बिहीबार बेलुकी रा १ ख २४०४ नम्बरको टिपर दुर्घटना भएको हो ।
दुर्घटनामा परी रिब्दीकोट गाउँपालिका–३ का ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको छ भने दाङको घोराही उपमहानगरपालिका–१२ का ३२ वर्षीय यमराज पुन र रोल्पाको त्रिवेणी गाउँपालिका–५ का हिमाल घर्ती गम्भीर घाइते भएका छन् ।

उनीहरूको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।