काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आफ्नो कार्यशैली बदल्ने बताएका छन् ।
आज (मंगलबार) राष्ट्रका नाममा सम्बोधन गर्दै उनले बाहिरका कार्यक्रममा नभइ नीति कार्यक्रम र बजेटको तयारी तथा नीतिगत काममा केन्द्रित हुने बताए ।
सरकारले एक वर्षमा हासिल गरेको उपलब्धीको विवरण सुनाउँदै प्रचण्डले यो अवधिमा धेरै काम भएपनि आफू पूर्ण सन्तुष्ट नरहेको बताए ।

उनले भने— ‘म स्वीकार गर्छु सरकार असफल त भए तर मेरो हुटहुटी अनुसारको परिणाम पनि आएको छैन, सम्पन्न हुन बाँकी रहेका पूर्वाधारको चिन्तामा छु । देश कति बन्न सक्थ्यो भन्ने समीक्षामा छु ।’
उनले पूर्वनिर्धारित र अपरिहार्य बाहिरको कार्यक्रममा नजाने बताए । उनले भने, ‘सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानविन्दु हुन्छ । यो साता प्रधानमन्त्री कार्यालयको संरचना बदल्दैछु, म अब समस्याको जरो छाडेर हाँगा छिमल्ने गल्ति गर्दिनँ ।’