ललितपुरमा प्रहरीको गोली लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते


  • ललितपुरमा प्रहरीको गोली लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • काठमाडौं । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ।

    मृत्यु हुनेमा दैलेख घर भइ भक्तपुर बस्ने २३ वर्षीय सुजन राउत रहेका छन् । गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि किस्ट अस्पतालमा लगिएको थियो । उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    ईपीएस मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। उक्त घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।



  • प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए ।

    यस्तै आगजनीमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । घटनामा केही आन्दोलनकारी घाइते समेत भएको बताइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *