काठमाडौं : लोकप्रिय गायक टंक तिमिल्सिनाको नयाँ गीत रिलिज गरिएको छ। बिहीबार 'राम साइली' बोलको गीत टंकले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका हुन्।
गीतमा प्रभा बर्तौला र मणि रत्नको शब्द छ। त्यस्तै, गीतमा टंक तिमिल्सिनाकै संगीत रहेको छ। गीत डान्सिङ प्याटर्नमा आधारित रहेको छ।

गीतको भिडियो पनि आकर्षक बनाइएको छ। भिडियोमा दिपक ढकाल, मौनता अर्याल, दिनेश नेपाली र लक्ष्मी बिकको नृत्य र अभिनय रहेको छ। भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन्। आकर्षक फ्रेममा पवन सुस्लिङले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन्।