बालकुमारी घटनामा दुईको मृत्यु,७३ जना पक्राउ


  • बालकुमारी घटनामा दुईको मृत्यु,७३ जना पक्राउ
  • काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा दुई जनाको मृत्यु भएको छ भने प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ ।

    स्थानीय प्रशासनका अनुसार घटनामा ७ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी ३ जना प्रदर्शनकारी रहेका छन् ।

    ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने, ‘उक्त घटनामा अहिलेसम्म एक महिलासहित ७३ जनालाई पक्राउ गरिएको छ, प्रहरी सहित सात जना घाइते भएका छन्, घटनाको थप अनुसन्धान जारी छ ।’



  • उनले मृत्यु भएका दुई मध्ये एक जनालाई गोली लागेको र अर्का एक जनाको छातीमा दाग देखिएकाले शव परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण जानकारी हुने बताए । घटनामा डोटीका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको हो ।

    कोरियामा रोजगारीका निम्ति रोजगारी अनुमति प्रणाली(इपिएस)को परीक्षामा सामेल हुन नपाएको भन्दै युवाहरुले शुक्रबार प्रदर्शन गरेका थिए। त्यसक्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेका थिए ।

    स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको थियो 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *