रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उक्त कार्यालयका अनुसार कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन् । उनको शव शनिबार मर्चवारी–१ इस्लामपुरमा फेला परेको हो ।

कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए ।
हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको भट्टले बताए ।