काठमाडौं । ललितपुरको बालकुमारी स्थित प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई रिहा गरिएको छ । गएको शुक्रबार रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्णय भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले बताए ।
उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले पक्राउ परेकाहरूलाइ मुद्दा नचलाउने गरि छाडिएको बताए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी र भौतिक सम्पत्तिमा तोडफोड गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको थियो ।

प्रदर्शनमा प्रहरीको दनमबाट दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख घर भएका सुजत रावत र अछामका विरेन्द्र शाह छन् ।