नेपालगंज: नेपालगन्ज कारकादो स्थित एसके पेट्रोल पम्म नजिक आइतबार राती स्कारपिओ दुर्घटना हुंदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी एक जना घाइते भएका छन ।
आइबार राती अन्दाजी १२ बजे नेपालगंज उपमहानगरपालिका- १८ एस के पेट्रोल पम्म नजिकै सु.प.प्र.०१-००१ च ३४६४ नम्बरको स्कारपिओ अनियन्त्रित भै पैदलयात्री लाई ठक्कर दिदा नेपालगंज-१३ बस्ने आस्था शाह र नाम नखुलेको एक पुरुषको घटना स्थलमै मृत्यु भएको बांके प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी नेपालगंज-१३ बस्ने बर्ष २५ कि शाहाना शाह घाइते भएकी छिन । घाइते शाहाको अवस्था सामान्य रहेको र हाल नेपालगंज नर्सिङहोममा उपचार भैरहेको प्रहरीले जनाएको छ । सवारी चालकलाई जिल्ला प्रहरी कार्यालय बांकेले नियन्त्रणमा लिएको र दुर्घटनाको बारेमा थप अनुसन्धानका भैरहेको प्रहरीले जनाएको छ ।