संखुवासभा । संखुवासभा जिल्ला कारागारमा रातको ड्यूटीमा रहेका नेपाल प्रहरीका प्रहरी हवल्दार मृत फेला परेका छन् ।
आइतबार राती १० बजेदेखि बिहान २ बजेसम्म ड्यूटीमा रहेका प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला परेका हुन् ।

ड्युटी सकेर सुत्न पुगेका उनी ड्रेसमै सुतेको पाइएको प्रहरीले जनाएको छ ।४१ वर्षीय तामाङको घर इलाम रहेको बताइएको छ ।