गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय ललितपुरमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी सहसचिव तुलसीबहादुर श्रेष्ठलाई र प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनाललाई दिइएको छ ।
शुक्रबार गृह मन्त्रालयले उक्त निर्णय गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए।

केहि दिनअघि ललितपुरको बालकुमारीमा ईपीएसको परीक्षाको विषयलाई लिएर भएको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएपछि गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय र प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानेको थियो ।