काठमाडौँ । नेकपा माओवादी केन्द्रले गठबन्धनबाट भाग पाएअनुसार राष्ट्रिय सभाका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवार टुंगो लगाएको हो ।
माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार सुदूरपश्चिममा महिला कोटामा रेणु चन्द, कर्णालीमा दलित तर्फबाट विष्णु विश्वकर्मा, लुम्बिनीमा अन्यबाट झक्कु सुवेदी त्यस्तै कोशीबाट चम्मादेवी कार्की उम्मेदवार बन्दा बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी र गण्डकीमा महिलातर्फ मनरूपा शर्माको नाम टुंगो लागेको पौडेलले जानकारी दिए ।
राष्ट्रिय सभामा रिक्त हुने २० मध्ये १९ पदका लागी सोमबार मनोनयन दर्ता हुँदैछ । निर्वाचन भने माघ ११ गते हुनेछ ।