काठमाडौं । सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका स्थानीय युवक जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । जिल्लाको बरहथवा नगरपालिका–६ को प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका विषयमा भएको प्रदर्शन नियन्त्रणमा लिने क्रममा साहको शुक्रबार दिउँसो प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो ।
तर, आन्दोलनकारी र प्रशासनबीच सहमति हुन नसक्दा साहको शव तून द्न भैसक्दा पनि घटनास्थल (सडक)बाट उठाइएको छैन ।
मृतक परिवार तथा आन्दोलनकारीले मृतकलाई शहीद घोषणा, मृतकको नामबाट प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको नामकरण र स्तरोन्नती तथा बरहथवाका मेयरको राजीनामा लगायतका माग राखेका छन् ।
पीडित पक्षका मागका विषयमा सहमति नजिक पुगेकाले आज आइतबार बिहानको छलफल पछि शव व्यवस्थापन हुन सक्ने जिल्ला प्रही कार्यालय सर्लाहीका प्रमुख (एसपी) प्रविण धितालले बताए ।