काठमाडौं । प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ ।
आज मंगलबार गृह मन्त्रालयले गरेको डीआईजीहरुको सरुवामा सातै प्रदेशका प्रहरी प्रमुखहरु फेरिएका छन् ।

कोशी प्रदेशमा चन्द्र कुवेर खापुङ, मधेसमा यज्ञ विनोद पोखरेल, बागमती प्रदेशमा विष्णु कुमार केसी र गण्डकीमा विकाश राज खनाललाई सरुवा गरिएको छ । कुवेर कडायतलाई लुम्बिनी, लालमणी आचार्यलाई कर्णाली र रवीन्द्र केसीलाई सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


