काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन्।कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो।
बिहीबारबाट सुरु भएको महाधिवेशन नयाँ कार्यसमिति चयन गर्न शुक्रबार भएको मनोनयन दर्ताको समयावधिमा अध्यक्ष पदमा चौधरीको मात्र उम्मेदवारी दर्ता भएको हो ।
योसँगै उनी अध्यक्षमा निर्विरोध भएका हुन् ।यद्यपी यसको औपचारिक घोषणा हुन भने बाँकी छ । टीकापुरमा बिहीबारबाट सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै छ ।