त्रिशुलीमा खसेको जिप भेटियो,मान्छे भेटिएन


  • त्रिशुलीमा खसेको जिप भेटियो,मान्छे भेटिएन
  • चितवन । त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला परेको छ । जिप भेटिएपनि मान्छे भने फेला परेको छैन । आज मंगलबार बिहानै त्रिशूली नदीमा गाडी खसेको स्थानीयले खबर गरेपछि खोजी गरिएको थियो ।

    चितवनका डिएसपी श्रीराम भण्डारीका अनुसार नदीबाट भारतीय नम्बर प्लेटको जिप निकालिएको हो । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट बी आर ०९ जीसी १४३० नम्बरको सिंगल क्याबिन भएको सेतो रङको बोलेरो प्रहरीले नदीबाट निकालेको छ । तर, जीपका चालक वा यात्रु भने भेटिएका छैनन् ।
    जिपमा कति मान्छे थिए वा थिएनन् भन्नेबारे यकिन गर्न नभएको डिएसपी भण्डारीले बताए ।



  • जिप त्रिशूली नदीमा खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको गोताखोरको टोली त्यहाँ पुगेको थियो ।त्रिशूली नदीको पानी मुनि गएका सहायक हबल्दारद्वय डिल्ली भट्टराई र मेखबहादुर गुरुङले बोलेरो गाडी रहेको र मान्छे नभएको पत्ता लगाएका हुन् । उक्त गाडीलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *