बलात्कारको घटना लुकाउन बाबुद्वारा छोराको हत्या


  • बलात्कारको घटना लुकाउन बाबुद्वारा छोराको हत्या
  • सुर्खेत । पश्चिम सुर्खेतमा रहेको एक घरनजिक मृत भेटिएका युवकको हत्या भएको खुलेको छ।

    बलात्कारको घटना लुकाउन एक बाबुले छोराको हत्या गरेको खुलेको छ । बहिनी बलात्कृत भएको थाहा पाएपछि बाबुविरुद्ध जाहेरी दिँदा बाबुले नै छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

    गत सोमबार बन्चरोले हानेको अवस्थामा २१ वर्षीय युवकको शव पञ्चपुरी नगरपालिका–५ मा आफ्नो घरसँगै रहेको बाख्राको खोरनजिकै मृत फेला परेको थियो । जिल्ला प्रहरी कार्यालमा गत कात्तिकमा आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै छोराले बाबुविरुद्द जाहेरी दिएका थिए ।

    प्रहरीमा छोराले जाहेरी दिएको थाहा पाएपछि बुबा फरार थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार पीडित छोरीले बुबा नै आएर दाजुको हत्या गरेको दाबी गरेकी छन् ।



  • स्थानीयले पनि युवकको हत्यामा उनकै बाबु संलग्न रहेको दावी गर्दै आएका छन् । स्थानीयका अनुसार हत्या योजनाबद्ध रूपमा भएको देखिन्छ । गत असोज २७ गते १९ वर्षीया ‘६४ वीरेन्द्रनगर क ३६’लाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । मामाघर बस्दै आएकी छोरी बुबा भारतबाट घर फर्केपछि भेट्न बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

    आफू बलात्कृत भएको किशोरीले दाइलाई बताएपछि दाइले गत कात्तिक १५ गते जिल्ला प्रहरी कार्यकाल सुर्खेतमा बुबाविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएका थिए । बुबाले छोरीलाई मुद्दा नहाल्न भन्दै धम्की दिएका थिए । मुद्दा परेपछि उनी श्रीमतीसहित भागेर भारत पसेका थिए ।

    प्रहरीमा जाहेरी पुगेपछि भारत भागेका उनी केही दिनअघि नेपाल फर्केको भन्ने सूचना प्रहरीले पाएको छ।पीडित छोरीले भारतमा लुकेर बसेका बुबाले नै नेपाल आएर दाजुको हत्या गरेर भागेको दाबी गरेकी छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *