काठमाडौं । राजस्व अनुसन्धान विभागले दुई करोड रुपैयाँ नगदसहित कपडा ब्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ ।
विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर पक्राउ गरेको हो ।

विभागले उनलाई घरबाटै नगदसहित पक्राउ गरेको हो । विभागको प्रारम्भिक अनुसन्धानमा अग्रवाल हुन्डी र क्रिप्टो कारोबारी भएको देखिएको छ । तर, त्यसको थप अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।