दर्शन सुनार/कतार : 'सम्पुर्ण मगरहरुको एकता-अहिलेको आवश्यकता' भन्ने मूल नाराका साथ नेपाल मगर संघ कतार शाखाले 'माघ्या सकराटी' भव्य रुपमा सम्पन्न गरेको छ ।
संघले मगरहरुको राष्ट्रिय प्रमुख चाड 'माघ्या सकराटी' ( मगर मिनाम ल्हेस ५०१७) २०२४ को अवसर पारेर नेपाल मगर संघ शाखा कतारको आयोजनामा शुक्रबार अल अरबी स्पोर्ट्स क्लबमा 'माघ्या सकराटी' वनभोज तथा वृहत् सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको हो ।
संघका अध्यक्ष रेशम आले मगरको सभापतित्व तथा नेपाली राजदूतावास कतारका कार्यवाहक राजदुत कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यमासंगै एनआरएन ए एनसिसी कतारका अध्यक्ष रमेश भट्टको विशिस्ट आतिथ्यता सम्पन्न कार्यक्रममा कार्यक्रमको बारेमा कार्यक्रम संयोजक देबी कुमारी मगरले जानकारी गराएकी थिइन्।

विधिवत उदघाटनसहित अघि बढेको कार्यक्रममा राष्ट्रप्रेम भावंले राष्ट्रिय गान र मगर गान गाईसकेपछी प्रथम सहिद लखन थापा मगर र ज्ञात अज्ञात सहिदको सम्झनामा मौन धारण भएको थियो। संघमा आवद्ध रहेका कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गर्दै अघि बढेको कार्यक्रममा सभापति,प्रमुख अतिथी, विशिस्ट अतिथिहरुलाई खादा र फेटाद्धारा सम्मान गरिएको थियो ।
संघमा आवद्ध रहेका एरिया समिती तथा सघंको साँस्कृतिक परिवारमा रहेका कलाकारहरुले सामुहिक नृत्य, एकल नृत्य तथा सालैजो, हुर्रा झ्याउरे जस्ता नृत्य प्रस्केका थिए । नेपाल मगर सांस्कृतिक परिवारका कलाकार राम सारु मगरले आफ्नो नृत्य प्रस्तुति गर्दै साँस्कृतिक कार्यक्रमको ढोका उघारेका थिए।
नेपालबाट आमन्त्रित गायिका रुपी सिञ्जाली मगरले नारायणी तिरमा गित गाउँदै स्टेज चढेकी थिइन्। मगरले कोदोको पानी,सम्झनाले ,चन्चले,कसम खाए जस्ता आधा दर्जन गित प्रस्तुत गर्दै भरपुर्ण मनोरञ्जन प्रदान गरिन्।

अतिथी हास्यकलाकार तथा गायक अर्जुन कुवरले आँशुको कारखाना गित गाउदै स्टेज चढे। 'डाली बस्यो चरी मैना',गुल्मी छापहिलेमा जस्ता आधा दर्जन गित दर्शक सामु पस्किए। अर्जुनले छापहिलेमा गायन प्रस्तुत गर्दा माहोल निकै तातेको थियो। आफु पहिलो पटक कतार आउन पाउँदा आफुलाई निकै भाग्यमानी ठानेको र खुसी लागेको गायक अर्जुन कुवंरले बताएका थिए ।
जनजाति समुदायका परम्परा अनुसार मगर संघलाई किरात मुल समारोह समिती,तमु ( गुरुङ) समाज कतार,नेपाल प्रवासी तामाङ समाज कतार, थारु कल्याणकारिणी सभा कतार च्याप्टर कतार,किरात याक्थुङ चुम्लुङ कतारले एकअर्कामा सद्भाव प्रकट गर्दै एक समुदायले अर्को समुदायलाई सगुन (कोशेली) स्वरुप उपहार प्रदान गरेका थिए ।


कार्यक्रममा अतिथि नृत्यङ्गना अस्मिता राना मगरले छोड्यौ चटक्कै, अरेली काडैले, जस्ता आधा दर्जन गितमा नृत्य प्रस्तुत गरेकी थिइन्। अतिथि कलाकार डोलराज बार्हखरेले आयो सक्रान्ती शुभकामना गायन प्रस्तुत गर्दै स्टेज चढे। दयारी बनैमा,मुसुक्क माया झ्याउरे लगायतका गितहरु प्रस्तुत गरेर दर्शकलाई भरपुर्ण नचाए। कार्यक्रमको अन्त्यमा हास्यकलाकार अर्जुनले हास्यव्यंग्य कमेडी गरेर सबैलाई हसांएका थिए। कमेडीले कार्यक्रमलाई थप उर्जा थपेको थियो ।

आफ्नो मन्तव्य दिँदै प्रमुख अतिथि कृष्ण कुमार सुवेदीले "माघ्या सकराटी" नेपालीहरुको विशेष चाड रहेको बताउँदै कार्यक्रम सभ्य र भव्य बनेकोमा सम्पुर्णलाई हार्दिक आभार प्रकट गरे। संघका उपाध्यक्ष कुमार राहादी मगरको स्वागत मन्तव्य रहेको कार्यक्रमको समापन गर्दै सभापती रेशम आले मगरले कार्यक्रम सफल बनाउन हर तह र तप्काबाट सहयोग गर्ने सबैप्रति आफू ऋणी रहेको बताउँदै कार्यक्रमलाई सभ्य र भब्य बनाईदिएको मा हलमा उपस्थित सम्पुर्णलाई कृतज्ञता प्रकट गरे ।

कार्यक्रमको रुप रेखा दुई चरणको रहेको थियो। पहिलो चरणको कार्यक्रमको सहजीकरण संघका महासचिब समीर थापा मगरले गरेका थिए। भने दोस्रो चरणको साँस्कृतिक कार्यक्रमको सहजीकरण नेपाल मगर शाखा कतारका सचिब सोम थापा मगर नेपाल मगर संघ कतारको केन्द्रिय सदस्य रबिना मगरले साँस्कृतिक कार्यक्रमको मिलेर सहजीकरण गरेका थिए ।
कार्यक्रममा सिमित वक्ताहरुलाई शुभकामना मन्तव्य दिईएको थियो। कतारमा स्थापित विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि , समाजसेवी,बुद्धिजीवी,संघको मातहतमा रहेका विभिन्न एरिया, समितीका पदाधिकारीहरु कलाकार,पत्रकारहरु सहित करिब एक हजार दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो।

