नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ एल गाउँ बस्ने दृष्टि विहिन देवीमाया मगर परियार र उनको छोरी केहि दिन देखि भोकै बस्न पर्यो । चियाको भरमा दिन कटाउन बाध्य देवीमायाले घरमा खान केहि अन्न छैन भनेर धेरैलाई हार गुहार गरिन तर सहयोग गर्ने कोहि नभेट्दा निरास बनेकी उनी खबरगन्ज मिडियाको सम्पर्कमा आएकी थिइन ।
नागरिकले खान नपाएर छट्पटिएको स्थानिय सरकार वडा कार्यालयले थाह पाएर पनि नपाएको जस्तो गरेपछि देविमायाले मिडिया गुहारेकी हुन् । खबरगन्जले तत्कालै देविमायाको घरमा पुगेर रिपोर्टिङ्ग गरि उनको घरमा खान केहि नभएको र साहरा दिने पनि कोहि नहुँदा परेको समस्याका बारेमा शुक्रबार साझ भिडियो प्रशारण गरेको थियो ।

भिडियो प्रशारण भएको भोलिपल्ट नै देविमायाको घरमा वर्षभरी पुग्ने खाद्यान्न पुगेको छ । हाल अमेरिका बस्ने खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी समाजसेवि लिल बहादुर थापाले खान समेत नपाएर छटपटाएको पिडा देखेर तत्कालै एकवर्षसम्म पुग्ने खाद्यान्न सामग्री प्रदान गरेका हुन । देशका विभिन्न स्थानहरुमा दिन दुःखीहरुको घरमा चुलो बाल्न सहयोग गरिरहने लिल ब. थापाले खबरगन्जका प्रवन्ध निर्देशक तथा सन्चालक खगेन्द्र दाहाल मार्फत देविमायाको भान्सामा वर्षभरी चुल्लो बाल्ने गरि सहयोग प्रदान गरेका हुन ।


दुई वर्ष अघि जनता आवास कार्यक्रम मार्फत झुप्रो घर देखि बस्न लायक घर पाएकी दृष्टिविहिन देविमायालाई समस्या थियो त खान लाउन र छोरी पढाउन । अहिले उनको लागि पहिलो प्राथमिकताको रुपमा खान नै थियो । खान नपाएकी उनको घरमा अघिल्लो दिन रिपोटिङ्गमा आएका सन्चारकर्मिले भोलिपल्टै यति धेरै सामाग्री घरमै ल्याउँदा देविमायालाई सुरुमा विस्वास लागेको थिएन । पछि आफै सबै सामानहरु छाम्दै चिन्न थालिन उनको आखाँबाट आँशु रोकिएनन् । दृटिविहिन देविमायाका श्रीमानले ८ वर्ष अघि भारत कमाउन जान्छु भनेर गएपछि फर्केर आएका छैनन् ।

श्रीमान ज्युउँदा छन या छैनन् उनले थाहा पाउँन पनि सकेकी छैनन् । देविमायाले सन्चारकर्मि दाहाल र सहयोगी लिल थापालाई कहिले नविर्सने बताइन । उनि घरमा वर्षभरी पुग्ने खाद्यान्न र छोरीलाई कापि कलम समेत आउँदा देविमायाले धन्यबाद दिइन ।
