धनगढी । कैलालीको एक सामुदायिक वनमा पाटे बाघ मृत भेटिएको छ ।कैलालीको जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा पासोमा परेको अवस्थामा पाटे बाघ मृत भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार स्थानीयले पासोमा परेको अवस्थामा बाघ मृत भेटिएको देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले प्रहरीको टोली घटनास्थल पुगेको बताउँदै वनका कर्मचारीलाई बोलाइएको बताए ।