काठमाडौँ जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु


  • काठमाडौँ जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा  दुई जनाको घटनास्थलमै मृत्यु
  • दाङ ।  बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ -०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

     
    बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । बसमा ४७ जना सवार रहेको दुई जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको उनले बताए ।



  • प्रहरीका अनुसार  जंगल क्षेत्रको सडकको भित्तामा बस ठोक्किन थालेपछि दुई जनाले ज्यान जोगाउन हाम फाल्न खोज्दा च्यापिएर घटनास्थलमै मृत्यु भएको हो । चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ ।

    बसका चालक घाइते छन् । अन्य सबै यात्रु सकुशल रहेका प्रहरीले जनाएको छ । मृतक दुवै जनाको शव पोष्टमर्टमका लागि  दाङको लमही अस्पतालमा राखिएको छ । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *