काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले ग्यालेक्सी टेलिभिजनको जागिर छाड्दा कुनै किसिमको सहकारीको पैसा नलिएको बताएका छन् । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

यसबारेमा आफूले बैंकमै गएर बुझेको उल्लेख गर्दै लामिछानेले १ करोड ८० लाख रकम आफ्नो खातामा जम्मा नभएको बताएका हुन् । पत्रकार सम्मेलनमा लामिछानेले ग्लोबल आईएमई बैंकले दिएको पत्रसमेत बाचन गरेर सुनाएका थिए ।

ग्यालेक्सी टेलिभिजनको जागिर छाडेर निस्किँदा १५ प्रतिशत शेयरको नाममा उनले १ करोड ८० लाख आफ्नो निजी खातामा सारेको विषय बाहिरिएको थियो ।
सहकारी र लघुवित्तले जनतालाई दुःख दिएको र यसलाई समाधान गर्नुपर्नेमा आफ्नो पार्टी दृढ रहेको उनले बताए ।