कोरोना भाइरसः यो साता विदेशमा नेपालीको मृत्यु भएन


  • कोरोना भाइरसः यो साता विदेशमा नेपालीको मृत्यु भएन
  • काठमाडौँ ३२, साउन । कोरोना भाइरसको संक्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो हप्ता संक्रमणका कारण विदेशमा कोही पनि गैरआवासीय नेपालीको मृत्यु भएन । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार बेलुकासम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भए पनि अन्य देशमा भने कोरोना संक्रमणको दर न्यून हुँदै गएको छ ।विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । हालसम्म नेपालसहित विश्वभर २ सय ९३ जना नेपालीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथअफ्रिका लगायतका देशमा रहेका नेपालीहरुको ज्यान गएको हो ।हालसम्म नेपालसहित विश्वभर रहेका ५९ हजार ४ सय ११ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती ८३ प्रतिशत अर्थात मध्ये ४८ हजार ५ सय ४ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले जानकारी दिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *