मानवअधिकारद्धारा सेना, प्रहरी र कर्मचारीलाई कारवाही गर्न सिफारिस


  • मानवअधिकारद्धारा सेना, प्रहरी र कर्मचारीलाई कारवाही गर्न सिफारिस
  • काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार उल्लंघन गर्ने ६० जनाको नाम सार्वजनिक गरेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९/८० र चालु आर्थिक वर्ष २०८०/८१ मा मानवअधिकार उल्लंघन गर्ने ६० जनाको नामावली सार्वजनिक गरेको हो ।

    आयोगले कारबाहीका लागि सिफारिस गरेकाहरुमा प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान र निजामती कर्मचारीसहित तत्कालीन विद्रोहीहरुको नाम समावेश छ ।

    नेपाल प्रहरी
    प्रहरीतर्फ ३२ जना कारबाहीको लागि सिफारिस परेका छन् । प्रहरी उपरीक्षकहरु योगेश्वर रोमखामी, रामकुमार खनाल, नारायणकुमार आचार्य र उमाप्रसाद चर्तुवेदी कारबाहीका लागि सिफारिस भएको आयोगले जनाएको छ । प्रहरी नायब उपरीक्षकहरू कामाख्या नारायण सिंह, नारायणप्रसाद चिमोरिया, टेकुनन्द इवा लिम्बु र हनुमान शाहको नाम पनि सूचीमा छ ।

    प्रहरी निरीक्षकहरु गोविन्दप्रसाद साह, महेन्द्र दर्नाल, दीपेन्द्र श्रेष्ठ, दुर्गालाल चौधरी र कमलप्रसाद गिरीसहित प्रहरी सहायक निरीक्षकहरु नवराज दाहाल, ऋषि खनाल, राजनप्रसाद नेपाल, खड्गबहादुर कार्की, दिनेश अधिकारी, महाविर राज धावे र वमसुदेव चौधरी पनि सार्वजनिक भएको सूचीमा छन् ।

    प्रहरी नायब निरीक्षकहरु रामकुमार यादव, श्याम राउत, धर्मेन्द्रकुमार सिंह चक्र बस्नेतसहित प्रहरी हवल्दारहरु भुवनसिंह कार्की, युवराज बस्नेत, हर्कबहादुर थापा, केदार अधिकारी, दलबहादुर कार्की र प्रहरी जवान विनोद ठाकुर, टार्जन गुरुङ र निलम संग्रौला पनि कारवाहीको लागि सिफारिसमा परेका छन् ।



  • नेपाली सेना
    नेपाली सेनाका सेनानीहरु कृष्णमुरारि न्यौपाने, सुरत रावल तथा सहसेनानी चक्रबहादुर कार्की र क्याप्टेन दिनेश थापा पनि कारवाहीमा सिफारिस भएकाहरुको सूचीमा छन् । सशस्त्र प्रहरी बलका सहायक प्ररही उपरीक्षक प्रकाश ओझासहित राष्ट्रिय अनुसन्धानका निरीक्षक लिलाधर पौडेल पनि सूचीकृत छन् ।

    निजामति कर्मचारी
    निजामति कर्मचारीतर्फ प्रमुख जिल्ला अधिकारीहरु माधवप्रसाद ओझा, शालीग्रााम शर्मा पौड्याल, दीपककुमार पहाडी, सरोजप्रसाद गुरागाई, रमा आचार्य र शिवप्रसाद नेपाल पनि कारवाहीमा परेकाहरुको सूचीमा छन् ।

    सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम अधिकारी, विभाग प्रमुख द्रोण पोखरेल, कारागार प्रमुखहरु देवेन्द्रप्रसाद श्रेष्ठ र कमला घिमिरेसहित निमित्त कारागार प्रमुख यामलाल ओली तथा नासु दिपेन्द्रप्रसाद पौडेलको पनि नाम सार्वजनिक भएको छ ।

    तत्कालीन नेकपा माओवादीका खण्टे कामी, श्रवणकुमार यादव, रामअवतार महतो, रामविलास यादव, हृदय यादव, प्रभु साह, एसपी किराँती, हरिप्रसाद दाहाल, अर्चन भन्ने मनप्रसाद गौतम र नन्कु बेहना पनि यो सूचीमा छन् ।

    सिफारिस गरिएका ६६ मध्ये ६ जनाको हकमा कारवाहीको जानकारी प्राप्त भएकोले नाम सार्वजनिक नगरिएको आयोगले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मानव अधिकार उल्लंघन दुरुत्साहन सम्बन्धी ५८ वटा उजूरी दर्ता भएको र गत वर्षको बाँकीसहित ११७ वटा उजुरी माथि अनुसन्धान भएको आयोगले जानकारी दिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *