काठमाडौं । लोकप्रिय रेडियोकर्मी डियर कल्याण(कल्याणराज गौतम) लाई मातृ शोक परेको छ ।
जीवनको यथार्थ घटनालाई कथाद्धारा रेडियोबाट बाचन गरी लाखौ स्रोताहरुको मनमा बस्न सफल रेडियोकर्मी गौतमकी आमा नमादेवी गौतमको ९३ वर्षको उमेरमा निधन भएको हो । दाङस्थित आफ्नै निवासमा गौतमको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

हाल ईमेज एफ.एम. बाट प्रसारण भैरहेको कार्यक्रम डियर कल्याणका प्रस्तोता गौतमकी आमा नेपालका बाइसे/चौबिसे राज्य मध्येको अन्तिम राज्य उदयपुर (प्युठान) का अन्तिम राजा शान्तराज अधिकारीकी ज्येष्ठ सुपुत्री हुन् ।