नेपालगन्ज : पूर्व मिस नेपालगन्ज सुमन थापाले नेपालगन्जको 'व्यूटि एण्ड सलुन मेकअप ट्रेनिङ सेन्टर'को उद्घाटन गरेकी छिन । बुधवार उनले नेपालगन्जको वागेश्वरी मन्दिरको मिनी मार्केटमा रहेको व्यूटि एण्ड सलुन मेकअप ट्रेनिङ सेन्टरको रिवन काटेर उद्घाटन गरेकी हुन् ।
पछिल्लो समय विभिन्न ब्रान्डका प्रमोसनमा व्यस्त रहेकी सुमनको प्रायः सौर्न्दर्यसँग सम्बन्धित ब्रान्डमा उच्च डिमाण्ड हुने गरेको छ । त्यसो त सुमनको विभिन्न व्यूटीपेजेन्टमा निर्णायकको रुपमा पनि डिमान्ड हुने गर्छ।
त्यति मात्रै कहाँ होर सुमनको नेपालगन्जमा खुल्ने सौन्दर्यसँग सम्बन्धित विभिन्न आउटलेटको उद्घाटन कार्यक्रममा पनि व्यस्तता उस्तै छ।

बुधवार उद्घाटन गरिएको स्टूडियोमा मेकअपको सम्पुर्ण काम थ्रेडीङ्ग, फेसियल, वाक्स, सिम्पल मेकअप, हबी मेकअप, ब्राईडल मेकअपको कामहरु गरिने स्टूडियोका संचालक सहिना हल्वाईले बताइन्।
स्टूडियोमा मेकअप मात्र नभई मेकअप सम्बन्धी सम्पुर्ण ट्रेनिङ्ग समेत दिईने बताइएको छ। आफ्नो नयाँ स्टूडियो तथा ट्रेनिङ्ग सेन्टर खोल्नुको उद्देश्य सौन्दर्यमा चासो राख्ने महिलाहरुलाई स्कीन केयर, सेल्फ मेकअप सम्बन्धी जानकारी गराउनु रहेको उनले बताइन्।
सुमनले पनि उद्घाटन पश्चात् स्टुडियो गुणस्तरीय रहेको प्रतिक्रिया दिएकी थिइन्। महिलाहरूको सौन्दर्य प्रतिको रुचिलाई उक्त स्टुडियोले पूरा गर्ने विश्वास सुमनको रहेको छ।