काठमाडौं । बाँसबारी स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ गरिएका व्यवसायी अरुण चौधरी सहित ३ जनाको आज म्याद थप गरिँदै छ ।
जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुण कुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायणसिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर प्रहरी हिरासतमा छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई माघ १८ मा पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौँले दिएको ४ दिनको म्याद सकिएपछि सीआइबीले आज उनीहरुलाई पुनः म्याद थप गर्न अदालतमा उपस्थित गराउन लागेको हो ।