काठमाण्डौं । चलचित्र ‘नाङ्गो गाउँ’ को सफलतापछि निर्माता हिमाल कडरियाले नयाँ चलचित्र ‘दुःखी आत्मा’ निर्माण गर्ने भएका छन । चलचित्रमा दीपेन्द्र लामाले निर्देशन गर्ने भएका छन ।
यो चलचित्रमा नायक दयाहाङ राई संगै नायिका आँचल शर्मालाई निर्माण टिमले फाइनल गरेको निर्माता कडरियाले बताए । चलचित्रको स्क्रिप्टले आँचललाई नै डिमाण्ड गरेकाले उनलाई अनुवन्धित गरिएको र चलचित्रका लागि अन्य कलाकार र प्राविधिक समेत फाइनल चरणमा रहेको निर्माता कडरियाले बताए ।

चैत्र महिनाबाट छायांकन सुरु गर्ने तयारी गरिएको चलचित्रले सामाजिक कथावस्तुलाई हाँस्य शैलीमा प्रस्तुत गर्ने निर्माण पक्षले बताएको छ ।
निर्माता कडरियाले दिनेश राउतको निर्देशनमा चलचित्र ‘गाउँ नै रमाइलो’ निर्माणको पनि घोषणा गरिसकेका छन् ।