दर्शन सुनार/कतार : लोकप्रिय मोडल तथा गायक दुर्गेश थापा कतार आईपुगेका छन्। सांगीतिक कार्यक्रमको लागि दुर्गेश बिहीबार कतार आइपुगेका हुन्।
दोहाको मुटुमा रहेको आईभोरी होटेलको चौथो तलामा अवस्थित भ्यालभेट लन्ज एन्ड क्लबले आयोजना गरेको "भ्यालभेट नाईट" क्लबमा दुर्गेशले आफ्नो प्रस्तुति दिनेछन्।
थापाको स्वागतका लागि कल्ब संचालक उत्तम गुरुङ र कार्यक्रम संयोजक तिलु शर्मा पौडेल हमद अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेका थिए। सांगीतिक साँझमा झुम्न तथा भरपुर्ण मनोरञ्जन लिन भ्यालभेट नाईट क्लबले दोहाबासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि आयोजक टिमले आग्रह समेत गरेको छ।


कार्यक्रममा पुरुष प्रवेश शुल्क ५० कतारी रियाल रहेको छ भने महिलाहरुको लागि नि: शुल्क प्रवेशको व्यवस्था रहेको कार्यक्रम संयोजक तिलु शर्मा पौडेलले सौर्यपत्रलाई जानकारी दिए । कार्यक्रम शुक्रबार बेलुका ५ बजेदेखि रातको १० बजेसम्म संचालन हुने बताइएको छ।