दर्शन सुनार/कतार: नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारको आयोजनामा "सोनाम ल्होसार कन्सर्ट २०२४" हुने भएको छ।
कार्यक्रम बारे औपचारिक जानकारी दिन बिहीबार साँझ आयोजक टिमले प्रेसमिट गरेको थियो। "नेपालीहरुको राष्ट्रिय पर्व,तामाङ जातिको नयाँ वर्ष" मन्जुश्री २८६० ( डकु ल्हो/ मु पुर्खी बर्ष) सोनाम ल्होसार हुने प्रेसमिट मार्फत जानकारी दिइएको थियो।
"ल्होसार कन्सट २०२४" का लागि प्रस्तुति दिन चर्चित गायक तथा द भ्वाईस अफ नेपालका कोच राजेश पायल राई, तामाङ् सेलो गायिका रेश्मा बम्जन तामाङ ,गायक उमंग लामा र म्हेन्दोमाया तथा लोक दोहोरी गायिका मनमाया वाईवा तामाङ आउने भएका छन्। नेपालबाट आमन्त्रित कलाकारसँगै कार्यक्रममा कतारमा रहेका विभिन्न समुदायबाट सामूहिक मौलिक नृत्य समेत रहने भएको छ ।

नेपाल तामाङ घेदुङ प्रवास समितीका अध्यक्ष विकास स्याङ्तानको अध्यक्षतामा पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार कार्यक्रममा प्रवेश शुल्क महिलाका लागि ५०, पुरुषका लागि ७५, भिआईपि १०० र परिवारका लागि ५०० रियालको टिकटको व्यवस्था रहेको छ ।
फेव्रुअरी १६ तारिकमा अल अरबी स्पोर्ट्स क्लबमा बिहान ११ बजे गेट खुल्ने र साढे १२ बजेदेखि चाहि कार्यक्रम सुरु हुने बताएको छ। कार्यक्रममा सरिक हुने टिकट होल्डरहरुका लागि कतारका विभिन्न स्थानबाट यातयातको व्यवस्थापन समेत रहेको कार्यक्रम संयोजक एक्का प्रशाद तामाङले सम्मेलनमा जानकारी दिए ।
सम्मेलनमा उठेका प्रश्नहरुको सवाल जवाफको उतर दिँदै अध्यक्ष स्याङतानले तामाङ घेदुङ प्रवास समितीले हरेक वर्ष मनाउँदै आएको ल्होसार कार्यक्रम यस वर्ष पनि कतारमा स्थापित संघसंस्थाहरुको सहकार्य सँगै उल्लेख्य दर्शकको उपस्थिति रहने बताए ।