बाँकेमा आज थप ११ जनाले जिते कोरोना


  • बाँकेमा आज थप ११ जनाले जिते कोरोना
  • नेपालगन्ज ०१, भदौ । नेपालगन्ज उपमहानगरपालिका १ वडाअध्यक्ष प्रमोद रिजालसहित ११ जना आज सोमवार डिस्चार्ज हुने भएका छन् । वडाअध्यक्ष रिजाललाई साउन १९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उहाँसहित डिस्चार्ज हुनेमा नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत पनि छन् । खजुरामा रहेको सुशील कोइराला प्रखर क्यानसर अस्पतालको आइसोलेसनबाट अध्यक्ष रिजालसहित तीनजना, आर्दशनगर आइसोलेसन सेन्टरबाट पनि तीन र लायन्स डेन्टल अस्पताल आइसोलेसनबाट पाँचजना डिस्चार्ज हुन लागेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आज डिस्चार्ज भएका समेतगरी बाँकेमा कोरोना भाइरस जितेर घर फर्किनेको संख्या चार सय ५५ पुगेको छ । बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या सात सय ३० पुगेको छ । अहिले जिल्लाका विभिन्न आइसोलेसनमा बाँकेका दुई सय ७२ जना रहेको पनि श्रेष्ठले जानकारी दिनुभयो । अन्य जिल्लाका सात जना पनि बाँकेकै आइसोलेसनमा बसिरहेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *