नेपालगन्ज : चिरायु डाइग्नोस्टिक एन्ड हेल्थ केयर सेन्टर नेपालगन्जले नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। सोमबार चिरायुले नि:शुल्क थाइराइड परिक्षण शिविर सम्पन्न गरेको हो।
सोमबार विहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म चलेको शिविरमा १३६ जनाले निशुल्क थाइराइड परिक्षण गराएका थिए। शिविरमा विहानैदेखि चिरायुमा थाइराइड परिक्षण गराउनेको भिड थियो।
सोमबार विहान सेवाग्राहीको प्रेसर जाँच गरेर स्याम्पल कलेक्सन गरेको चिरायुले सोमबार बेलुका ४ बजे नै रिपोर्ट उपलब्ध गरायो। जुन निकै राम्रो कुरा हो।

पछिल्लो समय थाइराइडका विरामीहरु निकै बढ्दै गएकोले सबै बर्गका विरामीहरुलाई सेवा दिने उद्देश्यले चिरायु र जनसेवा फार्मेसीको सहकार्य अनि जेसिआई नेपालगन्ज जुनियरको सहयोगमा १ दिने निशुल्क थाइराइड परिक्षण शिविर आयोजना गरिएको हो।

निशुल्क सेवा लिएपछि सेवाग्राही पनि निकै खुशी भएका थिए। पहिलोपटक गरिएको निशुल्क शिविरमा धेरैको उत्साहजनक सहभागीता रहेकोले आउँदा दिनमा पनि अन्य खालका शिविर संचालनमा ल्याउने चिरायु टिमको योजना रहेको छ।




