नेपालगन्जका ६२ बर्षीय पुरुषको कोरोनाबाट मृत्यु



नेपालगन्ज ०२, भदौ ।
कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज ५ का ६२ बर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेजमा गएराती ११ः ४० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।
फोक्सोमा समस्या देखिएपछि उनी साउन ३२ गते अस्पताल भर्ना भएका थिए । उनको त्यसैदिन स्वाव लिइएको थियो । त्यसको भोलिपल्ट सोमवार दिउँसो तीन बजे उनको कोरोना भाइरस संक्रमण रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
रिपोर्ट पोजेटिभ आएको करिव साढेसात घण्टापछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ । ६२ बर्षीय पुरुषको मृत्यु भएसँगै बाँकेमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या चार पुगेको छ । यसअघि कोहलपुर, बैजनाथ र नरैनापुरका एकएक जनाको भाइरस संक्रमणबाट मृत्यु भएको थियो ।