काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा लगाएको कर्फ्यू हटाएको छ । स्थानीय प्रशासनले एक सूचना जारी गर्दै अवस्था सामान्य बन्दै गएको भन्दै बुधवार राती १० बजेदेखि पूर्णरूपमा कर्फ्यू हटाएको जानकारी दिएको हो ।

गत साता बिहीवार रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा दुई पक्षबीच झडप भएको विषयमा वीरगञ्जमा पनि तनावको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले सोमबारदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यू लगाएको थियो ।
