नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ८ बस्ने विर बहादुर पुनको परिवारलाई ६ महिना पुग्ने खाध्यान्न सहयोग भएको छ । दुबै मिर्गौला फेल र हेपाटाइटिस बि'बाट ग्रसित विर बहादुरको घरमा खान लाउन समेत मुस्किल रहेको खबर भिडियो सहित खबरगन्जले प्रकाशन गरेपछि खजुरा गाउँपालिका ४ डि गाउँ निवासी हाल अमेरिका रहनुभएका लिल बहादुर थापाले खाध्यान्न लगाएतका सामग्री प्रदान गर्नुभएको हो ।
चामल ७ बोरा, विस्कुट १ पेटि, अण्डा ३ क्यारेट, सरफ ५ किलो, नुहाउने र लुगाधुने साबुन १ दर्जन, मंजन ठुलो १ पिस, ब्रस, चियापत्ति १ प्याकेट, पिठो २० किलो, चिनि ५ किलो, दाल मसुरो ५ किलो, दाल रहर ५ किलो, प्रिति चाउचाउ १ पेटी, कपि ठुलो सेतो १० थान, कलम १ दर्जन, तेल १ पेटी, नुन ५ किलो, भुजा १ बोरा, चिउरा ५ किलो मसला लगाएतका सामग्री घरमै पुगेर खबरगन्ज मिडियाका प्रवन्धक तथा पत्रकार खगेन्द्र दाहालले हस्तान्तरण गर्नुभयो ।


आर्थिक अवस्था कमजोर हुदाँ घरमा उपचार सगैं खान लाउन मुस्किल अवस्था रहेको विर बहादुरले सहयोग सामग्री लिदै सहयोगिहरुलाई धन्यबाद दिनुभयो । लिल बहादुर छिमेकी गाउँकै हुनुहुदो रहेछ, अमेरिकामा दिनरात काम गरेर हामिलाई सोचे भन्दा पनि राम्रो सहयोग पठाइदिनुभयो’ विर बहादुरले भन्नुभयो । उहाँ भन्नुहुन्छ, दिन दुखिका भगवान नै हुनुहुदो रहेछ, उहाँ लिल बहादुरले गर्दा म जस्तो धेरैले नव जिवन पाएका छौं जति धन्यबाद दिएपनि कमै हुन्छ । स्थानिय रोशन शाहि भन्नुहुन्छ, ‘लिल बहादुर थापा जस्तो अरु केहि व्यक्ति समाजसेवा निस्किए देशमा दिन दुखिले कहिलै आशु छार्न पर्ने थिएन ।’ लिल बहादुरको समाजसेवा निश्वास्र्थ सेवा भाव पाएको शाहिले प्रतिक्रिया दिए ।
खजुराका अर्का युवा जो सहयोग सामग्री हस्तान्तरण गर्न सहयोगी बन्नुहुने गौरब सापकोटाले विरामीको उपचारका लागि स्थानियहामि लागिपरेको बताउनुहुन्छ । घरमा खानको लागि पनि समस्या बनेको अवस्थामा लिल बहादुरज्युले गर्नुभएको सहयोग प्रशन्सा योग्य कार्य भएको उल्लेख गर्नुभयो । सापकोटाले विर बहादुरको उपचारका लागि स्वास्थ्यकर्मिसंग निरन्तर सम्पर्कमा रहेको र चिकित्सकको सल्लाह अनुसार उपचारको कार्य अघि बढेको बताउँनुभयो ।
गाउँघर र देश विदेशमा रहनुहुने सहयोगी दाताहरुले आर्थिक सहयोग पनि गर्न चाहेकाले यसतर्फ पनि अभियानलाई तिव्रता दिने कार्य भैरहेको अर्का अभियानकर्मि विजय केसीले बतानुभयो ।