काठमाण्डौं : अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहने चलचित्र ‘१२ गाउँ’ बाट पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले डेब्यु गर्ने भएकी छिन्। अभिनेता विराजसँग बुधबार न्यान्सीको लिखित सम्झौता भएसंगै उनी मुख्य भुमिकामा देखिने भएकी छिन ।

आगामी चैत १५ गतेदेखि छायांकन सुरु हुने यो चलचित्रमा न्यान्सी खड्कासंगै विराजका छोरा समीर भट्टले पनि अभिनयमा डेब्यु गर्दैछन् ।
चलचित्रको सम्पूर्ण छायांकन नेपाल र भारतमा गरिने अभिनेता भट्टले जानकारी दिए।

दोस्रो चलचित्र निर्माण निर्देशनको तयारी गरेका विराजको पहिलो चलचित्र भने ‘साङ्लो’ हो ।