‘नेपाली जनप्रगतिशील मञ्च’ कतारको नयाँ नेतृत्वमा राज देवकोटा


  • 'नेपाली जनप्रगतिशील मञ्च' कतारको नयाँ नेतृत्वमा राज देवकोटा
  • दर्शन सुनार/कतार : "प्रवासी नेपालीहरूमा आपसी सद्भाव र एकता अभियान ज्ञान,सीप र पुजीको लगानी,समृद्ध नेपालको लागि छैठौ महाधिवेशन” भन्ने मुल नाराका साथ नेपाली जनप्रगतिशील मञ्च,कतारको छैटौं महाधिवेशन शुक्रबार भब्य रुपमा  सम्पन्न भएको छ।

    मञ्चका अध्यक्ष बुद्धिप्रसाद भण्डारीको सभापतित्व, तथा नेकपा माओवादी केन्द्रका उप- महासचिव तथा पुर्व गृहमन्त्री एवंम पुर्व अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेसनको खुल्ला र बन्द सत्र गरि दुई चरणमा सम्पन्न बन्द सत्रबाट राज देवकोटाको नेतृत्वमा आगामी कार्यकालको लागी नयाँ कार्य समिती चयन भएको हो ।

    त्यस्तै उपाध्यक्षमा क प्रकाश आले मगर,छन्द बहादुर दमाई (कृष्ण), विकाश गैरे, सरिता भण्डारी पौडेल,सेवक बि.क,राजेन्द्र सामेखाम लिम्बु,सोमनाथ कँडेल र  युवा उपाध्यक्ष क.दिपक भट्टराई र महिला उपाध्यक्ष क. सावित्री तामाङ निर्वाचित भएका छन । त्यस्तै महासचिवमा क एक्का प्रसाद तामाङ उप–महासचिवमा क. पुर्ण बहादुर राना,उप–महासचिव क. उत्तर बहादुर रोका, सचिवमा क. तिलकराम भुषाल,सचिव क. टोपलाल जैसी, सचिव क. गुप्त बहादुर बिक,सचिव क. नौला सिंह घर्ति, सचिव क. तारा टमटा (कमल) र कोषाध्यक्षमा  क. जिवन न्यौपाने र  सह–कोषाध्यक्ष क. नर बहादुर थापा रहेका छन् ।

    त्यस्तै कार्यसमिति सदस्यहरुमा क. यमलाल बन्जाडे, यज्ञ बहादुर रावत,प्रकाश घताने,चन्द्र बहादुर बिक (सन्देश),मोहन वि.क, राजेश श्रेष्ठ, कृष्ण बहादुर ताम्राकार,रण बहादुर बि.क, नयन भुजेल,बसन्त ताम्राकार,रन्जित पुलामी मगर, मेग बहादुर बलम्पाकी मगर, माधव भण्डारी
    सिद्धि लिम्बु, गणेशी ठाकुर,दुर्गा प्रसाद दर्लामी मगर, टिकाराम तामाङ, गुना कुमारी मगर,विश्व जंग राई,मन कुमारी राई ,राजदेव यादव,आसील महमद,चित्र थापा, भिम बहादुर बस्नेत, हरी बहादुर रावल,सुरेश केसी,गंगा बहादुर सुनार (स्पात),कर्ण बहादुर ओली सहित
    ४८ जना रहने गरि नयाँ कार्यसमिति चयन भएको छ ।नवनिर्वाचित समितिलाइ निर्वाचन समितिका संयोजक जेबी राईले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए l

    कार्यक्रमलाई सम्बोधन गर्न नेपालबाट आमन्त्रित पुर्व गृहमन्त्री शर्माले अधिवेशनलाई सम्बोधन गर्दै वैदेशिक रोजगारीमा रहेका क्षमतावान, मुल्यवान लाखौ नेपाली जनतालाई स्वदेशमै रोजगारीको वातावरणको सिर्जना गर्न सबैले एक पटक सोच्न पर्ने समय आएको उनले बताए ।



  • उनले काम गर्नेलाई पुरुष्कार न गर्ने लाई दण्ड गर्ने ब्यवस्थापन आए देशले मुहार फेर्न सक्ने दाबी गर्दै बिकास निर्माणमा ठेकदारी प्रथा,अब्यवहारिक खालको प्रतिष्प्रधा समुदायको र जनताको सहभागिता न भएको  र दिगो ब्यवस्थापन स्थापित नभएकोले हजारौ देश निर्माण कार्ययोजनाहरु अलपत्र अवस्थामा रहेको र पुन:कार्य  सञ्चालन हुन न सकेको बताए।

    नेपालमा पाटी हिजो पनि थिए आज पनि छन भोली पनि नयाँ थप पाटी आउलान उनले भने तर जति नै पाटी भएपनि देश र जनताको समस्याको समाधान गर्न सक्ने कुनै पाटीको पनि न रहेको दाबी गर्दै आम नेपाली जनताको ताकत लाई एकताको शुत्रमा बाधेर राष्ट्रलाई स्थापित हुने गरि साधन र स्रोत उर्वरशिल जनताको हुन सके ब्यबस्थापन बदलिने सक्ने बताए । पहिले हामीलाई स्वतन्त्रताको आवश्यकता थियो हामी लडयौ अहिले देश समृद्धी शुसासन र सामाजिक न्यायको लागी अहिलेको आवश्यकताको खाचो रहेको बताए ।

    नेपाली जनप्रगतिशील मञ्च,कतारका बरिस्ठ उपाध्यक्ष राजेन्द्र देवकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रममा  बाल कलाकार आरोही थापा, प्रज्ञा न्युउरे, समृद्धि सापकोटा, दिया सिङले  स्वागत नृत्य राखेका थिए भने कलाकार गुना मगर,रेश्मी सेन्चुरी, बाबू कौशल, शान्ति वली, सृष्टि लामा, सुमित्रा भट्टराई, सुरेश बिसीले जनवादी गित तथा अन्य गायन तथा नृत्य पस्केका थिए ।

    मञ्चका सचिव बिकास गैरेले सहजीकरण गरेको खुल्ला सत्रको समापन गर्दै भन्डारीले आफ्नो कार्यक्रम सफल बनाउन साथ सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै अब बन्ने नयाँ कार्यसमितिले थप नयाँ काम गर्ने बिश्वास व्यक्त गर्दै नयाँ बन्ने कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै खुल्ला सत्र कार्यक्रम समापन भएको घोषणा गरेका थिए।

    कार्यक्रममा नेपाली जनप्रगतीशिल मञ्च प्रवास समन्वय समितिका सदस्य डिबि क्षेत्री, नेकपा माओवादी केन्द्र, प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, नेकपा माओवादी केन्द्र, प्रवास समन्वय समितिका सह- इन्चार्ज लक्ष्मण पन्त, आईसीसी एनआरएनए एनसिसी,लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु, बैचारिक संस्थाका प्रमुख एवंम प्रतिनिधिहरु, बिशिस्ट सामाजिक व्यक्तित्वहरु, सामाजिक अभियान्ताहरुको उपस्थिति सहित मन्तव्य रहेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *