प्रतिनिधिसभा बैठक बिहीवारसम्मको लागि स्थगित


  • प्रतिनिधिसभा बैठक बिहीवारसम्मको लागि स्थगित
  • काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २४ गते बिहीवारसम्मका लागि स्थगित भएको छ । नयाँ सत्ता समीकरणको रस्साकस्सीले आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

    तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सरकारमा रहेका सबै मन्त्री हटाएर एमालेसहितको सानो आकारको नयाँ मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेपछि सभामुख देवराज घिमिरे बैठक के गर्ने भनेर आन्तरिक परामर्श गरेका थिए ।



  • प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा छलफल सुरु गर्ने तयारी थियो । त्यसका लागि अर्थमन्त्रीसहित सरकारका मन्त्रीको पनि उपस्थिति हुनुपर्छ । तर मन्त्रिपरिषद नै पुनर्गठन गर्न लागिएकाले संसद सचिवालयले सूचना टाँसेर बैठक स्थगित गरिएको जानकारी दिएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *