श्रमिक कल्याणकारी संघद्वारा संस्थापक संरक्षक मगरको बिदाई


  • श्रमिक कल्याणकारी संघद्वारा संस्थापक संरक्षक मगरको बिदाई
  • दर्शन सुनार/कतार : करिब डेढ दशकदेखि कतारलाई कर्म थलो बनाउँदै आएका नेपाली श्रमिक कल्याणकारी संघ कतारका संस्थापक तथा बर्तमान कार्यसमितिका संरक्षक विजय कुमार मगरले कतार बसाईलाई बिट मारेका छन्।

    नेपाली श्रमिक कल्याणकारी संघ कतारले संस्थापक तथा बर्तमान कार्यसमितिका संरक्षक
    विजय मगरलाई संस्थागत बिदाई गरेको छ ।
    संघले एक कार्यक्रमको आयोजना गर्दै शनिबार राती एक कार्यक्रमकाबीच मायाको चिनो र सम्मान पत्र प्रदान गर्दै खादा ओढाएर संस्थागत बिदाई गरेको हो ।

    संघका अध्यक्ष नारायण खपाङ्गी मगरको सभापतित्व तथा संस्थापक तथा बर्तमान कार्यसमितिका संरक्षक बिजय मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष गंगा श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरुले मगरको कार्यक्षमताको प्रशंसा गर्दै उनलाई आगामी दिनहरुमा पनि आफ्नो कार्यक्षेत्रमा निरन्तर अघि बढ्न शुभकामना  समेत दिएका थिए ।



  • बिदाई पश्रांत मगरले भावुक रुपमा आफुले दुख गरेर स्थापना गरेको संस्थाको माया मुटु भरी बोकेर आफू कतार बसाईलाई बिट मार्न लागेको बताए।  उनले कतारको समाजले आफूलाई छुट्टै पहिचान दिएको स्मरण गर्दै आफू जहाँ रहे पनि कतारको माया र सद्भावलाई कहिल्यै न भुल्ने बताउदै आफू जन्मभुमीमा रहेपनी संस्थागत कार्यमा आफ्नो केही आवश्यकता परे कार्यसमितिका पदाधिकारीहरुलाई सञ्चार माध्यमबाट जोडिन सक्ने बताए । उनले आफू भौतिक रुपमा कतार न भएपनी यो माया र सम्मानले आफुलाई थप जिम्मेवारी र प्रेरणा मिलेको भन्दै कतारमा रहेका नेपाली श्रमिकहरुको हक र हितका लागी सदैब राम्रो काम गर्न सबैलाई आग्रह समेत गरे ।

    संघका महासचिव सुरत शाहीले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति खपाङ्गीले आफुले भर्खरै संघको नेतृत्व लिएको समयमा आफनो कतारको अभिभावक र संस्थाको  एउटा मेरुदण्डलाई बिदाई गर्दा आफुलाई निकै दुख लागेको बताए । मगरले सदैब उत्कृष्ट कार्य सम्पादन गर्दै आईरहेको र संघलाई यो उचाईंमा ल्याउन मगरकै हात रहेको दाबी गर्दै कार्य र मेहनतलाई कहिल्यै पनि न भुल्ने बताउदै नेपालको बसाई सदैब उल्लेखनीय बनोस भन्दै शुभकामना व्यक्त गरे ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *