नेपाली महिला समाज कतारले मनायो अन्तर्राष्ट्रिय नारी दिवस


  • नेपाली महिला समाज कतारले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
  • दर्शन सुनार/कतार : नेपाली महिला समाज कतारले "११४ औं अन्तर्राष्ट्रिय नारी दिवस भव्य रुपमा मनाएको छ । नेपाली महिला समाज कतार र एनसिसी कतार अन्तर्गतको महिला विभाग र श्रमिक सचेतना तथा परामर्श विभागको संयुक्त आयोजनामा शुक्रबार सनैयाको फुलवारि रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस शुभकामना तथा सचेतना कार्यक्रम २०२४ मनाएको हो ।

    नेपाली महिला समाज कतारका अध्यक्ष लोक माया केसीको सभापतित्व तथा नेपाली राजदूतावास कतारका महामहिम डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतासँगै गैर आवासिय नेपाली संघ एनआरएन ए एनसिसी कतारका अध्यक्ष रमेश भट्टको कार्यक्रममा विशिष्ट आतिथ्यता रहेको थियो ।

    विधिगत उद्घाटनसहित अघि बढेको कार्यक्रममा सम्पुर्ण अतिथिहरुलाई फुल दिएर स्वागत गरिएको थियो ।स्वागत मन्तव्य तथा कार्यक्रमको बारेमा महिला संयोजक सुष्मा खतिवडाले प्रष्ट पारेकी थिइन्। त्यस्तै, बाल कलाकार दिया सिंहले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन्।

    कार्यक्रममा पहिलो सहजकर्ता वक्ताको रुपमा रहेकी दीपा सिंहले आर्थिक मितव्ययिता सम्बन्धि जागरुकताको बारेमा प्रष्ट पारेकी थिइन्। उनले देश छोडेर बिदेशमा रहेका हामी नेपालीहरुले आफुले दुख गरेर आफुले कमाएको पैसालाई बेफजुल खर्च कम्ती गरेर कसरी बचत गर्ने भन्ने बारेमा उपयुक्त टिप्स बताएकी थिइन्। उनले दैनिकी आफनो आम्दानी,खर्च बचत, लगायतका हिसाब् किताब दैनिकी राख्न सके चिन्ताबाट मुक्त मिल्ने र कमाएको रकम बचतको कारणले आफनो जीवनमा आनन्द र मनको शान्तीलाई समेत जोडने र भबिस्यमा दुख पर्दा आफुलाई धेरै मद्दत गर्ने बताइन्।

    कार्यक्रममा गायिका रेश्मी सेन्चुरीले गीतहरु गाएर मनोरञ्जन प्रदान गरेकी थिइन्। साहित्यकार सुजाता बिसीले नारी दिवसको अवसरमा गजल वाचन गरेकी थिइन्। समय व्यवस्थापन र नेतृत्व विकास महिलाको सहजकर्ता सरिन दासले  महिला हक, अधिकार र स्वतन्त्रता प्राप्त गर्न पनि महिलालाई निकै आन्दोलन गर्नुपरेको इतिहास रहेको बताइन्।



  • महिलालाई दोस्रो दर्जाका नागरिक मानी घरको चुलो चौकोमा, बच्चाको स्याहारसुसारमा तथा घरायसी कार्यमा, परिवारको सेवामा मात्र सीमित राख्ने अवस्थाबाट धेरै महिला दिदीबहिनीहरुले मुक्ति पाउन थालेको बताइन्। उनले महिला दिदीबहिनीहरुको लागि उपयुक्त हुने केही टिप्स समेत दिएकी थिइन्। समय हाम्रो लागि निकै महत्त्वपूर्ण रहेको र समयले हामीलाई निकै उत्तरदायी बनाउने बताउँदै आफुलाई निमन्त्रणा गरेर कार्यक्रममा सरिक हुन पाउँदा निकै खुसी व्यक्त गर्दै अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना समेत ज्ञापन गरिन्।

    प्रमुख अतिथि ढकालले आफ्नो मन्तव्यका क्रममा बोल्दै बाहिर बढी नारी मैत्रीका भाषण र आदर्शका कुरा गर्ने व्यक्तिहरुले नै नारीमाथि दमन र अत्याचार गरेको र समाजमा प्रशस्तै देखिएको बताए । 'हामी स्वदेश तथा बिदेशमा जहाँ रहेपनि एकले अर्कालाई दमन गर्ने हेप्ने कार्यको अन्त्य गर्न  सुधारको थालनी हामी आफैबाट सुरु गर्नुपर्छ', उनले भने, 'नेपालको सन्दर्भमा हाम्रा दिदीबहिनीहरु धेरै अगाडी बढिसकेको र हाम्रो देशको नेतृत्व  बिकास समेत राम्रो हुँदै आएको छ। दक्षिण एसियामै नेपालका महिलाहरुको राजनीति स्थिति हेर्ने हो भने हामीले राष्ट्रपति, उपप्रधानमन्त्री , परराष्ट्र सचिब  समेत महिला पाएका छौँ। यो कुरामा महिला दिदीबहिनीहरुले गर्व गर्न सक्नुपर्छ।'

    ढकालले आफू जहाँ रहे पनि आगामी अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदा एउटी नारीले गत बर्ष भन्दा यो वर्ष आफ्नो परिवारमा सुधार आएको र अभिलेख भएको भनेर नतिजा सुन्ने ईच्छा रहेको बताए। महिला दिदीबहिनीहरुमा परिवर्तन आएको आफुले अनुभुती गर्न पाउने चाहेको बताउँदै उनले नेपाली राजदूतावास कतार र आफ्नो व्यक्तिगत तर्फबाट अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गरे ।

    स्वास्थ कल्याण वक्ताको रुपमा रहेकी सरिता भन्डारीले स्वास्थ सम्बन्धि प्रशिक्षण दिँदै महिलाहरुले स्तन क्यान्सर लगायत कुराहरुमा हामीहरुले सधै सफा सुग्घर हुनुपर्ने सल्लाह दिइन्। महिलाहरुको स्तन क्यान्सर ब्रेस्ट क्यान्सर कसरी हुन्छ ? क्यान्सर भईसकेपछि रोकथाम कसरी गर्ने ? कसरी बच्ने ? भन्ने कुराको बारेमा प्रष्ट पारेकी थिइन्। भन्डारीले  महिलाहरूलाई कुनै किसिमको रोग लागेपनि न लजाएर स्वास्थकर्मीसँग सल्लाह लिन समेत आग्रह गरेकी थिइन्।

    समाजकी महासचिव मेनुका भन्डारीले सहजीकरण गरेको कार्यक्रम समापन गर्दै सभापति केसीले आफनो कार्यकालको सुरुवात मै पहिलो कार्यक्रम र फरक अनि पृथक तरिकाले गर्ने कोशिस गरेको बताइन्। कार्यक्रममा सहभागी भएर कार्यक्रमलाई सफल बनाउने सबैलाई धन्यवाद समेत दिइन्।

    कार्यक्रममा कतारमा स्थापित विभिन्न बैचारिक संगठन,विभिन्न जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधिसहित महिला दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । समाजले
    "११४ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा  कार्यक्रममा उपस्थित सम्पुर्णलाई सर्प्राईज गिफ्ट मार्फत आयोजक संस्थाको लोगो अंकित मायाको चिनो समेत प्रदान गरेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *