धनगढीमा लकडाउनबारे आज निर्णय हुने


  • धनगढीमा लकडाउनबारे आज निर्णय हुने
  • धनगढी ०३ भदौं । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पुनः लकडाउन गर्ने वा अन्य विकल्प रोज्नेबारे आज निर्णय गरिने भएको छ। समुदायस्तरमा कोरोना संक्रमित फेला पर्न थालेको भन्दै पुनः लकडाउनको तयारी गरिएकोमा आज उप–महानगरपालिकाको कार्यपालिका बैठकले सो बारेमा निर्णय गर्ने जनाइएको छ। धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले लकडाउन गर्ने वा अन्य विकल्प रोज्नेबारे आज निर्णय हुने बताए। ‘केही दिनका लागि लकडाउन नै गर्ने तयारीमा छौ,’ मुडभरीले भने, ‘तर अहिले नै टुङगो लागेको छैन्। १ बजे बस्ने कार्यपालिका बैठकले टुङगो लगाउँछ।’ विगतमा भारत तथा तेस्रो मुलुकबाट फर्किएका व्यक्तिमा मात्रै कोरोना देखिएकोमा अहिले आन्तरिक आन्तरिक ट्राभल हिस्ट्री मात्रै भएका व्यक्तिमा समेत संक्रमण देखिएकाले जोखिम बढेको प्रवक्ता मुडभरीले बताए। ‘भारतबाट आउने क्रम जारी रहेको तर उनीहरुलाई राख्न क्वारेन्टिन नहुँदा झनै समस्या भएको छ,’ प्रवक्ता मुडभरीले दिनेश खवरलाई भने, ‘आजको बैठकमा केही स्थानमा क्वारेन्टिन स्थापना गर्ने निर्णय पनि गर्ने तयारीमा छौ।’उप–महानगरपालिका स्रोतका अनुसार धनगढीमा १४ दिन लकडाउन गर्ने तयारी भईरहेको छ। समुदायस्तरमै कोरोना संक्रमित फेला परेको भन्दै वडा नम्वर ३ को कार्यालय १० गतेसम्मका लागि बन्द गरिएको छ भने अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन समेत आग्रह गरिएको छ। उप–महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले धनगढी उप–महानगरपालिकामा कोरोना संक्रमितको संख्या एक सय ४४ पुगेको जानकारी दिए।संक्रमित मध्ये १५ जनाको आन्तरिक ट्राभल हिस्ट्री मात्रै छ। आन्तरिक ट्राभल हिस्ट्री भएका चार जना संक्रमित नेपाल प्रहरीमा कार्यरत छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *