नेपालगन्ज : गत भाद्र महिनामा मोटरसाइकल दुर्घटनामा परि लौटि थारुका श्रीमानको ज्यान गयो । साहरा दिने एक मात्र श्रीमानले सन्सारै छाडेर गएपछि लौटिलाई बज्रपात नै पर्यो । घर खर्च देखि सबै खर्च बेहोर्ने श्रीमान नहुँदा लौटी थारुको जीवन कष्टकर बन्दै गएको छ । आफु बेरोजगार त्यसैमाथि विरामि ।
ज्याला मजदुर गर्न नसक्ने अवस्थामा रहेकी थारुलाई आफु सगैं रहेका दुई छोरा छोरी हुर्काउन र पढाउन मुस्किल पर्दै गएको भिडियो सामाग्री खबरगन्ज मिडियाले प्रशारण गरेपछि हाल अमेरिका रहने बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी लिल बहादुर थापाले तत्कालै उक्त परिवारको लागि राहत सामग्री प्रदान गरेका हुन । थापाले एक वर्ष सम्म पुग्ने गरि थारुको परिवारका लागि राहत सामग्री प्रदान गरे ।
चामल, चिनि, दाल, चियापत्ति, नुन, तेल, चाउचाउ, चिउरा, मसला, साबुन, सरफ, सेम्फु, मन्जन ब्रस, अण्डा, विष्कुट, भुजा, पिठो, हार्पिक, कापि, कलम, आलु, प्याज लगाएतका सामाग्री प्रदान गरिएको थियो । लौटि थारुका छोरा विरामि रहेको थाह पाएपछि उपचारका लागि नगद ५ हजार समेत प्रदान गरे । खबरगन्जका प्रवन्ध निर्देशक खगेन्द्र दाहालले थापाले पठाएको राहत सामाग्री प्रदान गरेका हुन । विहिबार खबरगन्जले भिडियो सामग्री आफ्नो पेज र युटुवमा राखेपछि बरिष्ठ समाजसेवी लिल बहादुर थापाले भोली पल्टै राहत सामग्री लौटिको घरमा पुगाउन मिडियामार्फत समन्वय गरेका थिए ।

एक दिन सामाग्री संकलन गर्न समय लागेर अर्को दिन शनिबार विहान नेपालगन्ज उप महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजाललाई प्रतक्ष उपस्थित गराई राहत हस्तान्तरण गरिएको थियो । राहत हस्तान्तरण गर्दा नेपालगन्ज ग्यालेरीका सस्थापक तथा बरिष्ठ सञ्चारकर्मि समिरमान श्रेष्ठ, वडा सदस्य, पत्रकार विरेन्द्र जैसी, प्रदिप राजवंशि, तिलक गाहामगर, विनोद गौतम लगाएत छरछिमेकीहरुको उपस्थिती रहेको थियो ।
लौटी थारुको जीवन सहज बनाउन वडा पालिकाले सक्दो पहल गर्ने वडाध्यक्ष रिजालले बताए । वडाध्यक्ष रिजालले आयमुलक कार्यका लागि वडाले सहजिकरण गर्ने प्रतिवद्धता जनाए । घरमा खानका लागि केहि नहुदा छटपटाइरहेकी लौटीको कोठामा वर्षभरी पुग्ने गरि खाध्यान्न लिल बहादुरले पठाएको सुनेपछि गहभरी आशु झार्दै भगवानको स्वरुप नै देखेको बताइन । न देखेको न कहिले चिनेको मान्छेले यसरी सहयोग पठाउँदा आफु अचम्मीत परेको लौटिले बताइन् । ‘धेरैलाई गुहार गरे तर लिल बहादुरले मेरो गुहार मेरो पिडा सुनिदिनुभयो धेरेनै आभारि छु ।’ वरिष्ठ समाजसेवी लिल बहादुरले नेपालका धेरै जिल्लामा बेसाहरा, दुखि पिडितहरुलाई साहरा दिने राहत प्रदान गर्दै आएका छन ।
बाँके जिल्लामा मात्रै दर्जनौको संख्यामा उनले केहि नहुने बेसाहरा, दुखि पिडितको ओठमा मुस्कान ल्याउँदै आएका छन । घर नभएर फुटपातमा जिवन गुजार्नेलाई घर समेत बनाइदिएका लिल बहादुरले आफुले कमाएको केहि सम्पति सहयोग गर्न पाउँदा खुसि लाग्ने गरेको बताए । लिल बहादुरले अमेरिकामा दैनिक १८ घण्टा बढि काम गर्दै आएका छन ।