काठमाडौं : राष्ट्रिय सभाको अध्यक्षका लागि आज मनोनयन दर्ता हुने भएको छ । संघीय संसदले निकालेको निर्वाचन कार्यक्रमअनुसार अध्यक्षमा दाबी गर्ने उम्मेदवारको मनोनयन दर्ता गरिने तालिका रहेको छ ।
उम्मेदवारी दर्ताका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समय दिइएको छ । आजै साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुनेछ ।

अध्यक्षका लागि सत्तारुढ नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाएको छ । त्यस्तै, नेपाली कांग्रेसले युवराज शर्मालाई अघि सारेको छ । अध्यक्षका लागि मंगलबार बिहान निर्वाचन हुँदैछ ।