राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज


  • राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज
  • काठमाडौं । राष्ट्रियसभा अध्यक्षका लागि आज निर्वाचन हुँदैछ । तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आफ्नो कार्यकाल पूरा गरी राष्ट्रिय सभाबाट अवकाश भएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो ।

    बिहान ११ः०९ बजे बस्ने बैठकमा मतदान गर्ने कार्यसूची रहेको छ । सभाको अध्यक्षका लागि सोमबार सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल र विपक्षी गठबन्धनबाट नेपाली काँग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।



  • दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहेका छन् । त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहेका छन् ।

    राष्ट्रियसभामा पहिलो दल माओवादीसँग एक मनोनीत र उपाध्यक्षसहित १८ सदस्य छन् । एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन् । राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन् । फलतः गठबन्धन तर्फका उम्मेदवार दाहालको जित निश्चतप्राय छ । शर्माको पक्षमा कांग्रेसका १६ र लोसपाका एक सांसद् रहेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *