काठमाण्डौं । दीपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको चलचित्र ‘केटी हराएको सूचना’को छायांकन सुरु भएको छ । चलचित्रको शुभमुहर्त गरेसंगै सुरु गरिएको चलचित्रको छायांकन मंगलबारदेखि धनुषामा गरिने निर्माणपक्षले जनाएको छ ।
नाजिर हुसेन र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको यो चलचित्रको काठमाडौँमा तीन दिन छायांकन पश्चात जनकपुरका विभिन्न क्षेत्रमा छायांकन गरिने निर्माणपक्षले जनाएको छ।

अम्बर महर्जनको छायांकन नकिम उद्दिमको लगानी रहेको चलचित्रलाइ ट्राइसिटि पिक्चर्स प्रोडक्सन कम्पनीले निर्माण गर्ने भएको हो । चलचित्रलाई २०८१ मा प्रदर्शन गर्ने समेत निर्माणपक्षले बताएको छ ।