काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत दुई जना डीएसपीलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ । डीएसपीहरु रुगमबहादुर कुँवर र दुर्गा दाहाललाई प्रधान कार्यालयमा फिर्ता बोलाउने निर्णय भएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले उनीहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । उनीहरूमाथि ६० किलो र भेपमार्फत भएको सुन तस्करीमा त्रुटिपूर्ण अनुसन्धान गरेको आयोगको जाँचबुझ निष्कर्ष छ ।

सुनमा संलग्नहरूसँग ‘नेक्सस’ देखिएको आरोपमा आयोगले एआईजी किरण बज्राचार्यलाई पनि विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।